Rule 102
बढुवा हुने शिक्षकको तलबमान सम्बन्धी व्यवस्था
माथिल्लो तलबमानको कुनै श्रेणीमा बढुवा पाउने शिक्षकले सो तलबमानको शुरु तलब पाउनेछ । तर निजले हाल पाइरहेको तलब माथिल्लो श्रेणीको तलबमानको न्यूनतम तलब बराबर वा सो भन्दा बढी भएमा माथिल्लो तलबमानमा निजको तलब तोक्दा देहाय बमोजिम गरी तोकिनेछः–
(क) निजले हाल पाइरहेको तलब माथिल्लो तलबमानको शुरु तलब बराबर भएमा सो तलबमा एक तलब वृद्धि थप गरिनेछ ।
(ख) साविक श्रेणीमा पाइरहेको तलब बढुवा भएको श्रेणीको शुरु तलबभन्दा बढी भएको अवस्थामा माथिल्लो श्रेणीको तलब तोक्दा हाल पाइरहेको तलबमा नपुगसम्मको तलब वृद्धि गरी माथिल्लो श्रेणीको एक तलब वृद्धि समेत दिइनेछ ।